Section 49
रेडियो फ्रिक्वेन्सी नीति निर्धारण सम्बन्धी व्यवस्था
(१) रेडियो फ्रिक्वेन्सी सम्बन्धी नीति निर्धारण तथा बाँडफाँड गर्नको लागि देहाय बमोजिमका अधयक्ष तथा सदस्यहरु भएको एक रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समिति रहनेछः–
(क) सञ्चार तथा सूचना प्रविधि मन्त्री वा राज्यमन्त्री -अध्यक्ष
(ख) सचिव, गृह मन्त्रालय – सदस्य
(ग) सचिव, रक्षा मन्त्रालय – सदस्य
(घ) सचिव, संस्कृति¸ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय -सदस्य
(ङ) सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय -सदस्य
(च) अध्यक्ष, नेपाल दूरसञ्चार प्राधिकरण – सदस्य
(छ) नेपाल सरकारले तोकेको कम्तीमा राजपत्रांकित प्रथम श्रेणी वा सो सरहको विशेषज्ञ अधिकृत – सदस्य–सचिव
(२) उपदफा (१) बमोजिम गठित समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) रेडियो फ्रिक्वेन्सी सम्बन्धी नीति निर्धारण गर्ने ।
(ख) विभिन्न सेवाको लागि रेडियो फ्रिक्वेन्सी निर्धारण तथा बाँडफाँड गर्ने ।
(ग) रेडियो फ्रिक्वेन्सीको मूल्य नीति तय गर्ने ।
(घ) रेडियो फ्रिक्वेन्सीको अन्तर्राष्ट्रिय तथा बहुउद्देश्यीय समन्वयको लागि नीति तय गर्ने ।
(३) उपदफा (१) बमोजिम गठित समितिको अन्य काम, कर्तव्य र अधिकार तथा बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।